काठमाण्डौ । नेपालका लागि सुजुकी चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले आफूले बिक्री गर्दै आएका सुजुकी ब्रान्डका विभिन्न मोडलहरुमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधनहरुको बिक्री व्यवस्थापन गर्न सीजी नेक्स्ट जेनको अवधारणा ल्याइएको छ। 

सोही अवधारणाअन्तर्गत ग्राहकलाई विश्वस्तरीया सेवासुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ काठमाण्डौको नक्सालमा कम्पनीको आधिकारिक डिलरका रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ। सवारीसाधन खरिदकर्ता ग्राहकलाई सवारीसाधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी नेक्स्ट जेन च्यानलको बेन्चमार्क पनि हो। 

ग्राहकलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन गरिएको हो। सीजी नेक्स जेनमार्फत सुजुकी व्रान्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन् भने ग्राहकले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउनेछन्। 

यही बिश्वासका साथ नक्सालस्थित स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकले सुजुकीको ग्रान्ड भिटारा, एसक्रस, इर्टिगा, एसएल६, डिजायर, इग्निस, बलेनोजस्ता प्रिमियम गाडीहरु  खरिद गर्न सक्नेछन्। शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुविधा एउटै छानाबाट उपलब्ध गराइएको कम्पनीले जनाएको छ। 

नक्सालस्थित स्मार्ट सिरोजेनिक्स शोरुमको उद्घाटन सीजी होल्डिङ्सका अध्यक्ष तथा  प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद शिरोहियाज्युले संयुक्त रुपमा गरेका छन्। 

स्मार्ट सिरोजेनिक्सका निर्देशक विनोद शिरोहियाका अनुसार सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड हो।  ‘सुजुकीका कारहरु विश्वसनीय, दक्ष र उच्च परफर्मेन्स लागि परिचित छन्’, उनले भने, ‘हामीले आफ्नो यो शोरुमबाट सुजुकीका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नेछौँ।’