काठमाण्डौ । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले सुजुकी एस–प्रेसो कारको बुकिङ खुला गरेको छ । सुजुकीको यो नयाँ कारमा ग्राहकले एसयूभी डिजाइन र आधुनिक सेग्मेन्ट देख्न पाउनेछन् ।

उच्च एसयूभी स्टेन्स र हाई ग्राउन्ड क्लियरेन्सका कारण यो कार निकै बोल्ड रहेको र यो ग्रामीण सडकहरुका लागि पनि उपयुक्त हुने कम्पनीको भनाइ छ ।

‘एस–प्रेसो’ इन्ट्री लेबल कार हो र यो ‘फ्युचर कन्सेप्ट एस’ कारमा आधारित छ । 
‘एस–प्रेसो’ को हुडमा बीएस सिक्स १.० लिटर र ३ वटा पेट्रोल सिलेन्डर इन्जिन उपलब्ध हुनेछन् । यो ५ स्पिड म्यानुयल गिएर बक्स स्ट्यान्र्डडमा हुनेछन् । ‘एस–प्रेसो’ कारका केही भेरिएन्टमा अटोमेटेड म्यानुयल ट्रान्समिसन युनिट पनि समावेश हुनेछन् ।

यो कारमा नयाँ हेड ल्याम्पका साथै बडी कर्लड बम्पर र ओआरभीएमएस उपलब्ध हुनेछन् । यो कार ग्रिल विटारा ब्रेजासँग मिल्दोजुल्दो हुनेछ । स्ट्यान्डर्ड सेफ्टी फिचर्सअन्तर्गत ‘एस–प्रेसो’ कारमा एबीएसका साथै ईबीडी, ड्राइभर साइड एअर ब्याग, रिर्भस पार्किङ सेन्सर, स्पिड अर्लट सिस्टम र ड्राइभर तथा को–ड्राइभर सिट बेल्ट रिमाइन्डर उपलब्ध हुनेछन् ।

‘एस–प्रेसो’ कारको इन्टेरिएरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुनेछन् र यसमा स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि हुनेछ । इन्फोटेनमेन्ट सिस्टमको तल हर्जाट लाइट तथा फ्रन्ट पावर विइन्डो कन्ट्रोल रहनेछ । यसका अलावा सेन्ट्रल कन्सोलको साइडमा एसी वेन्टस हुनेछ । 

त्यस्तै यसमा थ्री स्पोक मल्टीफङ्सन स्टियरिङ ह्विल समावेश हुनेछ । जसमा म्युजिक तथा कल कन्ट्रोल सिस्टम पनि रहनेछ ।

नेपालमा यो कारको सुरुआती मूल्य रु. २२ लाख ९९ हजार तोकिएको छ ।