काठमाण्डौ। बजार आज दिनभर उच्चउतार चढाव भयो। बिहान खुलेदेखि बढेको बजारमा आज लगभग १०० अंकको उतारचढाव देखिन्छ। 

दिनभरको कारोबारमा बजार बढेर २२७७  सम्म पुगेको थियो। त्यहाँबाट झर्न सुरु गरेको बजार २१८० सम्म आएर पुनः आज बजार २१९० मा बन्द भएको छ। 

नेप्सेको चार्टमा आज सुटिङ स्टार बनेको छ ( हेर्नुहोस् कालो एरो) यसले बजारमा करेक्सन आएको बुझिन्छ। यस्तो क्यान्डल भ्यालिड हुन् भने अब बन्ने क्यान्डल यसभन्दा अगाडि बनेको क्यान्डलभन्दा  तल बन्नुपर्छ। अर्थात् आगामी कारोबार यदि २१६० भन्दा तल झर्छ भने आज बनेको सुटिङ स्टार भ्यालिड हुन जान्छ र बजार पनि केही अंक गिरावट आउन सक्छ।  

आगामी क्यान्डलले आज बनेको सुटिङ स्टारलाई कभर गर्छ भने बजारमा यो सुटिङ स्टार इन्भ्यालिड  हुन पनि सक्छ। म्याक्डीबाट भने बजार बुलिस नै रहेको छ। 
आरएसआई ८३ को ओभरबट जोनबाट केही तल झरेको छ। भोलुममार्फत बजारलाई हेर्दा आज लगभग १ वर्षपछि ७ अर्ब ६५ करोडभन्दा बढी भएको छ। भोलुमको हिसाबले बजार मजबुत नै रहेको देखिन्छ। 

बजारलाई मनी फ्लो इन्डेक्सबाट हेर्दा भने आज बजार ९९ को तहबाट खसेको देखिन्छ। आज लामो समयपछि उच्च भोलुम आएर बजार खस्नु र मनी फ्लो इन्डेक्स पनि लगभग १०० को तहमा पुगेर करेक्सन आउनुले बजारमा केही समय अझै नाफा बुक हुन सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्डमार्फत हेर्दा भने बजारले अप्पर ब्यान्ड छोएर सुटिङ स्टार बनाएको छ। 

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।