काठमाण्डौ । आज प्रि–ओपन सेसनमै बजार बढेर खुलेको थियो। अघिल्लो कारोबारमा झन्डै १०० अंकको उतारचढाव आएको बजारमा आज पनि लगभग ९० अंकको उतारचढाव आएको छ। 

भोलुम तथा कारोबारको हिसाबले आज बजार अघिल्लो कारोबारको तुलनामा कमी आएको छ। बजारमा आज अघिल्लो कारोबारमा बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको देखिन्छ। अघिल्लो दिन बनेको क्यान्डलभन्दा आज बनेको क्यान्डल तल आएर बन्द भएको छ। मंगलबार बनेको क्यान्डलको न्यून विन्दु २१६० भन्दा आज बजार तल बन्द भएको छ। 

अघिल्ला २ क्यान्डललाई आज बनेको क्यान्डलले ओभर ल्यापिङ गरेको छ। यसले बजारमा बिक्री दबाब आएको बुझिन्छ। 

बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले अप्पर ब्यान्डलाई छोडेको छ र रातो क्यान्डल बनेको छ। आगामी दिनमा बजार करेक्सन भएको खण्डमा मध्य ब्यान्डसम्म आउन सक्छ।  

म्याक्डीमार्फत हेर्दा गत २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड रहेको छ। हिस्टोग्राम सकारात्मक छन् तर आज फिक्का बनेको छ। 

आरएसआई ८२ को आभरबट जोनबाट तल झर्न थालेको छ। आजको आरएसआईको विन्दु ६८ को ओभरबट जोननजिक रहेको छ। 

फिवनासीमार्फत हेर्दा यदि बजार घटेमा ०.२३ को सपोर्ट २१७५ जसलाई आज बजारले भत्काएर २१५० को आसपासमा बन्द भएको छ। यदि यहाँबाट पनि तल आउँछ भने ०.३८ को सपोर्ट २११० र ०.५ को सपोर्ट २०६० सम्म आउन सक्छ। यदि बजार बढेमा क्रमशः २१७५ र २२७५ मा प्रतिरोध सामना गर्न सक्छ।  

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारको सिफारिस भने होइन।