काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा अधिकतममा २० केजीसम्म पुर्याउने निर्णय गरेको छ।
हाल वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गर्दै आएका छन्। राष्ट्र बैंकको यो निर्णसँगै अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन्।
राष्ट्र बैंकको एक उच्च अधिकारीले सुनको दैनिक आयात कोटा अधिकतममा २० केजीसम्म पुर्याउने निर्णय भएको छ। ‘यो विषयमा हिजोमात्रै निर्णय भएको हो’, ती अधिकारीले बिजशालासँग भने, ‘यसबारेमा आउँदो आइतबार वा सोमबार सबै बैंकलाई परिपत्र गरिनेछ।’
विगतमा वाणिज्य बैंकहरुले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउँथे। २०७८ फागुन २२ गते राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा १० केजीमा झारेको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयका लागि राष्ट्र बैंकलाई पत्रचार गरेको ती अधिकारीले जानकारी दिए। ‘सरकारकै सिफारिसमा सुनको आयात कोटा बढाउने निर्णय भएको छ’, ती अधिकारीले भने, ‘बजारमा सुनको आपूर्ति सहज बनाउन कोटा बढाउने निर्णय भएको हो।’
25 minutes ago
47 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago