काठमाण्डौ । सुनको भाउ आज बिहीबार तोलामै १ हजार रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामै ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।