काठमाण्डौ । नेपालमा बजारमा बिहीबार सुनको भाउ तोलामा रु. १०० ले घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनजुसार बिहीबार तोलामा रु. १०० ले घटेर प्रतितोला छापावाल सुन रु. ७३ हजार ४०० र तेजाबी सुन रु. ७३ हजार १०० कायम भएको छ ।

हिजो बुधबार तोलामा रु. १ हजारले बढेर प्रतितोला छापावाला सुन रु. ७३ हजार ५०० र तेजाबी सुन रु. ७३ हजार २०० कायम भएको थियो। सुनको यो भाउ अहिलेसम्म उच्च हो । भदौ ९ गते पनि प्रतितोला छापावाल सुन रु. ७३ हजार ५०० र तेजाबी सुन रु. ७३ हजार २०० कायम भएको थियो ।

यसअघि मंगलबार प्रतितोला सुन छापावाल ७२ हजार ५०० र तेजाबी सुन ७२ हजार २०० रुपैयाँ रहेको थियो ।