काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ पुगेको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।

गत आइतबार पनि तोलामा २०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा ५ रुपैयाँ बढेको चाँदीको भाउ गत आइतबार पनि तोलामा ५ रुपैयाँले बढेको थियो।