काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ३०० रुपैयाँमा झरेको थियो।

गत आइतबार भने सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो। आइतबार प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा ५ रुपैयाँ घटेको चाँदीको भाउ आइतबार तोलामै १५ रुपैयाँ बढेको थियो।