काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा झरेको हो।

गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले उकालो लागेको थियो। यो दिन फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कायम भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहँदै १ हजार ३७० रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।