काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै १ हजार २८५ रुपैयाँमै किनबेच भएको थियो।