काठमाण्डौ । यो साता सुनको भाउ लगातार घटिरहेको छ । सुन तोलामा बिहीबार पनि रु २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका सुन तोलामा रु २०० ले घटेर बिहीबार प्रतितोला छापावाल सुन ७० हजार ८०० रुपैयाँ र तेजाबी सुन ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यो साता कारोबारको चौथो दिन बुधबार सुनको स्थिर रह्यो । कारोबारको तेस्रो दिन मंगलबार भने एकैदिन तोला रु ७०० ले घटेर छापावाल सुन रु ७१ हजार र तेजाबी सुन रु। ७० हजार ७०० रुपैयाँ कायम भएको थियो । कारोबारको दोस्रो दिन सोमबार पनि तोलामा रु २०० ले बढेर प्रतितोला छापावाल रु ७१ हजार ७०० र तेजाबी रु ७१ हजार ४०० मा कारोबार भएको थियो ।

त्यस्तै यो साता कारोबारको पहिलो दिन रु ५०० ले घटेर आइतबार सुनको भाउ प्रतितोला छापावाल रु ७१ हजार ५०० र तेजाबी रु ७१ हजार २०० कायम भएको थियो ।

कारोबारको पाँचौँ दिन आइपुग्दा सुनको भाउ अघिल्लो साताको तुलनामा रु १ हजार २०० ले घटिसकेको छ । गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल रु ७२ हजार र तेजाबी रु ७१ हजार ७०० थियो ।