काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ६०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २१० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो।