काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १५५ रुपैयाँमा किनबेच भएको थियो।