काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।