काठमाण्डौ । लगातार घट्दै गएको सुनको भाउ यो साता अघिल्लो साताको तुलनामा ४०० रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार ४०० रुपैयाँले घटेको सुनको भाउ अन्तिम दिन शुक्रबार भने ४०० रुपैयाँले नै बढेको छ ।

कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलामा भने ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।

सुनको भाउ हिजो बिहीबार तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ७० हजार ७०० रुपैयाँ र तेजाबी सुन ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । यसअघि सोमबार, मंगलबार बुधबार सुनको भाउ स्थिर थियो । यी दिन प्रतितोला छापावाल सुनको ७१ हजार ३०० र तेजाबी सुन ७१ हजार रुपैयाँ कायम भएको थियो । सोमबार सुनको भाउ एकै पटक १ हजार १०० रुपैयाँले बढेको थियो । 

यो साता कारोबारको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन ७० हजार २०० र तेजाबी सुन ६९ हजार ९०० रुपैयाँ कायम भएको थियो । आइतबार सुनको भाउ गत साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा ४०० रुपैयाँले घटेको थियो । गत साता कारोबारको अन्तिम प्रतितोला छापावाल सुन ७० हजार ६०० र तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

समग्रमा यो साता सुनको भाउ अघिल्लो साताको तुलनामा ४०० रुपैयाँले बढेको हो ।