काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।