काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।