काठमाण्डौ । कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ ।

तिहार बिदापछि खुलेको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोला रु. ७०० ले बढेर शुक्रबार प्रतितोला छापावाल सुन रु. ७१ हजार २०० र तेजाबी रु. ७० हजार ९०० कायम भएको हो ।

कारोबारको पाँचौँ दिन बिहीबार प्रतितोला छापावाल सुन रु. ७० हजार ५०० र तेजाबी रु. ७० हजार २०० मा किनबेच भएको थियो । अघिल्लो कारोबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा रु. ५०० ले घटेको थियो ।

तिहार बिदाअघि गत शुक्रबार प्रतितोला छापावाल सुन रु. ७१ हजार र तेजाबी रु. ७० हजार ७०० मा कारोबार भएको थियो ।

उता चाँदीको भाउ बिहीबारको तुलनामा रु १० ले बढेर शुक्रबार प्रतितोला रु. ८७० कायम भएको छ । हिजो बिहीबार चाँदी प्रतितोला रु. ८६० मा कारोबार भएको थियो । a