काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।