काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।