काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।