काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको थियो। हिजो तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।