काठमाण्डौ । यो साताको कारोबार सुरुआती दुई दिन स्थिर रहेको सुनको भाउ तेस्रो दिन मंगलबार तोलामा थोरै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (पुस १ गते) सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । सुनको भाउ थोरै बढेर मंगलबार प्रतितोला छापावाल सुन ७१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७१ हजार २०० रुपैयाँ पुगेको छ ।

यो साता कारोबारको दुई दिन आइतबार र सोमबार सुनको भाउ स्थिर रह्यो । यी दिन प्रतितोला छापावाल सुन ७१ हजार ३०० र तेजाबी सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यो भाउ गत शुक्रबारको तेलनामा तोलामा ५०० रुपैयाँ बढी हो ।

यसैगरी चाँदीको भाउ तोलामा मंगलबार ५ रुपैयाँले बढेर ८५० रुपैयाँ कायम भएको छ । चाँदी प्रतितोला आइतबार ८४० रुपैयाँ र सोमबार ८४५ रुपैयाँ थियो ।