काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेर आइतबार प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार प्रतितोला छापावाल सुन ७४ हजार ६०० रुपैयाँ र तेजाबी ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एकैदिन सुन तोलामा ९०० रुपैयाँले घटेको थियो ।

गत साताको पछिल्लो अन्तिम तीन कारोबार दिन लगातार घटेको सुनको भाउ यो साता पहिलो दिन आइतबार बढेको हो । गत साता प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँसम्म पुगेको थियो । यो नेपालकै इतिहासमा सुनको उच्च भाउ हो ।

इरान र अमेरिकाबीच उत्पन्न तनावका कारण पनि सुनको अन्तर्राष्ट्रिय बजारभाउ तलमाथि भइरहेको विशेषज्ञहरु बताउँछन् । जसको प्रत्यक्ष प्रभाव नेपाली सुन बजारमा पनि परिरहेको छ ।