काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ भारी गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले ओरालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।