काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाका १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।