काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।