काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७५ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि कारोबार पहिलो र दोस्रो दिन क्रमशः आइतबार र सोमबार सुनको भाउ समान थियो । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सुनको भाउ सोमबार भने स्थिर रहेको थियो ।

उता चाँदीको भाउ मंगलबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८९५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ आइतबार र सोमबार भने समान प्रतितोला ८९० रुपैयाँ किनबेच भएको थियो ।