काठमाण्डौ । नेपाल बजारमा बुधबार सुनको भाउ बढेर फेरि अल टाइम हाई नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ९५० रुपैयाँ पुगेको छ। सुनको यो भाउ यसअघिको कीर्तिमानी मूल्यभन्दा १०० रुपैयाँले मात्र कम हो।
यसअघि गत साउन ४ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको थियो। चाँदीको यो भाउ पनि यसअघिको अल टाइम हाई नजिक हो। गत साउन ४ गते चाँदी हालसम्म उच्च प्रतितोला १ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो।
हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago