काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता पहिलो कारोबार दिन आइतबार तोलामा ३०० रुपैयाँले बढेर माघकै उच्च विन्दुमा पुगेको छ ।

लगातार बढिरहेको सुनको भाउ आइतबार प्रतितोला छापावाला ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ पुगेको छ । जुन माघ महिनामा हालसम्मकै उच्च हो ।

गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल ७५ हजार २०० रुपैयाँ र तेजाबी ७४ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

माघ महिनाको पहिलो र दोस्रो कारोबार सातामा सुनको भाउमा उतारचढाव दिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि आइतबार एकैपटक १० रुपैयाँले बढेर प्रतितोला ८९५ रुपैयाँ पुगवेको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो ।