काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ थोरै घटेको छ । चाँदीको भाउ भने लगातार तीन दिनदेखि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार तोलामा १०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला छापावाल ७५ हजार ९०० रुपैयाँ र तेजाबी ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । 

सुनको भाउ आइतबार तोलामा ४०० रुपैयाँ बढेर प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ सोमबार भने स्थिर रहँदै प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो ।

उता चाँदीको भाउ भने यो साता स्थिर रहँदै प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।