काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुन र चाँदीको भाउमा पहिरो गएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँको गिरावट आएको छ भने चाँदी ४० रुपैयाँले घटेको हो । 

यससँगै समग्रमा यो साता सुन प्रतितोला ४०० हजार रुपैयाँले घटेको छ भने चाँदीमा ७० रुपैयाँको गिरावट देखिएको छ । यो साताको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन ८२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८२ हजार २०० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार क्रमशः ७८ हजार ५०० र ७८ हजार २०० रुपैयाँमा खुम्चिन पुगेको हो । 

त्यस्तै चाँदी पनि कारोबारको पहिलो दिन आइतबार प्रतितोला ८९० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार ८२० रुपैयाँमा झरेको छ । 

कारोबारको तेस्रो दिन मंगलबार सुन तोलमा २०० रुपैयाँको बढोत्तरी देखिएको थियो । त्यसपछि लगातार सुनको भाउमा गिरावट आएको हो । कारोबारको चौथो दिन बुधबार तोलमा ४०० रुपैयाँ घटेको सुनको भाउ पाँचौँ दिन बिहीबार तोलमा ८०० रुपैयाँको गिरावट आयो ।