काठमाण्डौ । यो साता कोरोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७६० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २६० रुपैयाँमा कारोबार भएको थियो। 

अघिल्लो दिन बुधबार सुनको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन तोलामा ६०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको थियो। 

यसअघि गत साताको बिहीबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन तोलामै ९०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको थियो। 

उता यो कारोबारको अन्तिम दिन शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ। यो गिरावटसँगै चाँदीको भाउ प्रतितोला ९९५ रुपैयाँ कायम भएको छ। गत बुधबार तोलामै १० रुपैयाँ बढ्दै १ हजार ५ रुपैयाँ उचाइमा पुगेको चाँदीको भाउ हिजो बिहीबार भने स्थिर रहेको थियो।