काठमाण्डौ । सुनको भाउमा आज बुधबार पनि गिरावट आएको छ। यो साता लगातार चौथो दिनसम्म सुनको भाउमा गिरावट आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। यो गिरावटसँग आज प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँको गिरावट आएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो। 

गत सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। त्यस दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ४०० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको पहिलो आइतबार पनि सुनको भाउ तोलामै ४०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको चौथो दिनसम्म आइपुग्दा सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटिसकेको छ। 

यसैगरी आज चाँदीको भाउ १० रुपैयाँले घट्दै १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ स्थिर रहँदै १ हजार ३२० रुपैयाँ कायम भएको थियो।