काठमाण्डौ । गत साताबाट लगातार घटिरहेको सुनको भाउ आज मंगलबार बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। 

यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार भने स्थिर रहेको थियो। भाउमा आएको गिरावटसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

गता साताभरि सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँको गिरावट आएको थियो। 

आज चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँको बढोत्तरी भएको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार १७५ रुपैयाँ कायम भएको छ। 

गत आइतबार तोलामा १० रुपैयाँ घटेर १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार भने स्थिर रहेको थियो। 

गत साताभरि चाँदीको भाउ पनि तोलामै १७० रुपैयाँको गिरावट आएको थियो।