काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ मंगलबार बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो गिरावटसँगै हिजो फाइन गोल्ड प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

गत आइतबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। योसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १ ८० रुपैयाँ कायम भएको थियो।