काठमाण्डौ । सुनको भाउ उकालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ।
गत आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहँदै पुनः आज उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।
साताको दोस्रो सोमबार भने सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार सुनको भाउ तोलामै ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँ कायममा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।
23 minutes ago
35 minutes ago
51 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago