काठमाण्डौ । साताको पहिलो दिन आइतबार पनि सुनको भाउमा आइरहेको गिरावटले निरन्तरता पाएको छ।

गत साता लगातार घटेकोको सुनको भाउ यो साता पहिलो कारोबार दिनमै तोलामा ६०० रुपैयाँले ओरालो लागेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो। उक्त दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। गत साताभरि सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले घटेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले ओरालो लागेको छ। योसँगै आज प्रतितोला १ हजार १५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार १६५ रुपैयाँ कायम भएको थियो। गत साताभरि चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको थियो।