काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावट आज सोमबार पनि जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामै ६०० रुपैयाँ घटेको थियो। यो गिरावटसँगै हिजो प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
गत साताभरि भने सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको थियो।
आज चाँदी पनि ३० रुपैयाँले घटेर तोलाको १ हजार १२० रुपैयाँमा सीमित बनेको छ। हिजो पनि तोलामै १५ रुपैयाँ घटेर १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
गत साताभरि चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको थियो।
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago