काठमाण्डौ । सुनको भाउ आज बुधबार पनि उकालो लागेको छ।

लगातार घटिरहेको सुनको भाउ हिजो मंगलबारदेखि बढ्न थालेको छ। यही बढोत्तरीले आज बुधबार पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५५० रुपैयाँ कायम भएको छ। 

सुनको भाउ हिजो मंगलबार पनि तोलामा ५०० रुपैयाँ बढेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

गत सोमबार सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको थियो। सोमबार प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार पनि सुनको भाउ तोलामै ६०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। गता साताभरि भने सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले घटेको थियो।

आज चाँदीको भाउ फेरि तोलामा ३० रुपैयाँ बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामै ३५ रुपैयाँ बढेर १ हजार १५५ रुपैयाँ पुगेको थियो। 

गत सोमबार चाँदीको भाउ ३० रुपैयाँले ओरालो लागेर १ हजार १२० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार पनि चाँदीमा १५ रुपैयाँको गिरावट आएको थियो।