काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ।

यो साता लगातार घटिरहेको सुनको भाउ आज तोलामै १ हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो बढोत्तरीसँगे आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ १०० रुपैयाँले घटेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ।

गत आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि २५ रुपैयाँले उकालो लागेको छ। योसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार २३५ रुपैयाँ पुगेको छ।

हिजो सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ कायम भएको थियो। गत आइतबार भने चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २१० रुपैयाँ कायम भएको थियो।