काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि सुनको भाउ भने ८०० रुपैयाँले बढेको छ। गत साताको शुक्रबार प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घट्दै चाँदी १ हजार ३३० रुपैयाँमै कारोबार भएको थियो।

यो साताभरि चाँदीको भाउ भने ३० रुपैयाँले उकालो लागेको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।