काठमाण्डौ । सुनको भाउ आज बुधबार पनि थोरै उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामै ६०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
गत आइतबार भने तोलामै २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पनि तोलामा ८०० रुपैयाँ घटेको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले उकालो लागेर १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार तोलामै ५० रुपैयाँ घटेको चाँदीको भाउ सोमबार पनि ४० रुपैयाँले ओरालो लागेको थियो।
20 minutes ago
27 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago