काठमाण्डौ । सुनको भाउ लगातार उकालो लाग्ने क्रमले आज बिहीबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँ पुगेको छ।
सुनको भाउ हिजो बुधबार पनि तोलामा ५०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार तोलामा ७०० रुपैयाँले घटेको सुनको भाउ सोमबार २०० रुपैयाँले ओरालो लागेको थियो भने मंगलबार ४०० रुपैयाँले उकालो लागेको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २७५ रुपैयाँ कायम भएको छ।
हिजो पनि चाँदीको भाउ तोलामा १५ रुपैयाँले नै बढेर १ हजार २६० रुपैयाँ कायम भएको थियो।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago