काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन १ हजार ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार भने सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँ बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा ५ रुपैयाँले बढेको चाँदीको भाउ आइतबार पनि तोलामा २० रुपैयाँले बढेको थियो।