काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।
सुनको भाउमा गत सातादेखि ओरालो क्रमले आज पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ। यो गिरावसँगै आज प्रतितोला फाइन गोल्ड ८८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ८५० रुपैयाँ कायम भएको छ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
5 hours ago