काठमाण्डौ । नेपालको सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य पुगेको सुनको भाउ बुधबार भने घटेको छ । 

बुधबार सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ कायम गरिएको छ । हिजो मंगलबार सुन प्रतितोला ६५ हजार ५०० रुपैयाँमा करोबार भएको थियो । 
 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको हो । तर अझै पनि सुनको भाउ बढ्ने सम्भावना प्रबल रहेको सुनचाँदी व्यवसायीहरु आँकलन गर्छन् । 
 

सुनको भाउ बढेसँगै अहिले बजारमा सुन खरिद गर्नेभन्दा पनि बेच्नेको चाप बढेको छ ।