काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ भाउ हालसम्मकै उच्च हो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।