काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले नयाँ उचाइ पुगेको छ। सुनको भाउले बुधबार नयाँ कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।
नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च हो। यसअघि गत चैत २२ गिते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार र तेजाबी गोल्ड १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो पनि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago